Kathmandu Press

चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं, असार ९ : निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन उम्मेदवारलाई निर्देशन दिएको छ।निर्वाचन...
चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं, असार ९ : निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा आफ्नो प्रचारप्रसार खर्चको विवरण बुझाउन उम्मेदवारलाई निर्देशन दिएको छ।

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरेर सिफारिशसहित कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिइएको जनाएका छन्। निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारको खर्चको सीमा निर्धारण गरिएको छ।

स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका धेरै जसो उम्मेदवारले खर्च विवरण बुझाएका छन्। केही उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको आयोगले जनाएको छ।

 

प्रकाशित मिति: ०६:०० बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्