Kathmandu Press

बागबजारकाे धारा र ट्युवबेलकाे पानीमा इकाेली र काेलीफर्म

काठमाडाैं, असार ८ : काठमाडौंको बागबजारमा बस्दै आएका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...
बागबजारकाे धारा र ट्युवबेलकाे पानीमा इकाेली र काेलीफर्म

काठमाडाैं, असार ८ : काठमाडौंको बागबजारमा बस्दै आएका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ। इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो।

महाशाखाले हैजा संक्रमण देखिएकाे ठाउँहरूकाे पानी परीक्षणा गरिरहेकाे छ।

काठमाडाैंमा हालसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ। बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ।

प्रकाशित मिति: १९:३२ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्