Kathmandu Press

नागरिकता विधेयक अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय 

बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
नागरिकता विधेयक अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय 
फाइल तस्बिर

काठमाडौं, असार ८ : सत्तारूढ गठबन्धनको बैठकले नागरिकता विधेयक संसदबाट अघि बढाउने निर्णय गरेको छ। 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने प्रस्ताव गरेका थिए । बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

प्रक्रियाहरू पूरा गरेर विधेयक संसदमा अघि बढाउने निर्णय भएको बताईएको छ । बैठकमा अहिले बढिरहेको महंगीबारे पनि छलफल भएको थियो। महंगीबारे सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्