Kathmandu Press

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं, असार ८ : काठमाडौं  महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । 

बुधबार बसेको नगरसभाको ११औँ अधिवेशनले आर्थिक वर्ष २०७९/०८० का लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पेस गरेको नीति तथा कार्यक्रम  पारित गरेको हो । 

सभामा मेयर शाहले नीति तथा बालेनले नीति तथा कार्यक्रममा उठेका गुनासाहरूको जवाफ दिएपछि पारितका लागि पेस गरेका थिए । नगर सभा सदस्यहरूले विभिन्न सुझाव राखेका थिए । 

आज पारित नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपमेयर सुनिता डंगोलले बजेट ल्याउनेछिन् ।

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्