Kathmandu Press

लेबनानका राष्ट्रपतिले गरे नेपाली सेनाको प्रशंसा

लेबनानका राष्ट्रपतिले गरे नेपाली सेनाको प्रशंसा

काठमाडौं, असार ८ : लेबनानका राष्ट्रपति मिचेल अउनले नेपाली शान्ति सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् । 

लेबनानको औपचारिक भ्रमणमा रहेका प्रभुराम शर्मासँगको भेटमा लेबनानका राष्ट्रपति अउनबीचले भेटमा लेबनानका राष्ट्रपति अउनले नेपाली शान्ति सेनाहरूको योगदान, विशेषगरी लेबनानमा शान्ति स्थापनाका लागि ३१ नेपाली शान्ति सेनाले गरेको योगदानको प्रशंसा गरेका हुन् । 

उनले स्थानीय समुदाय र नेपाली शान्ति सेनाबीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनामा नेपाली शान्ति सेनाले पुर्‍याएको योगदानको पनि प्रशंसा गरेका थिए । 

 भेटमा प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपतिको तर्फबाट लेबनानका राष्ट्रपति तथा लेबनानी जनतालाई पठाउनुभएको सद्‍भावना सन्देश जानकारी गराउनु भइ गराउँदैं लेबनानी सरकारले नेपाली शान्ति सैनिकलाई गरेको समर्थन तथा सहयोगका लागि राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेका थिए । 

गत असार ०४ गतेदेखि लेबनानको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्मा आज नै भ्रमण दलसहित सिरिया प्रस्थान गरेका छन् । 

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्