Kathmandu Press

माओवादीको केन्द्रीय समितिको बैठक फेरि सर्ने

काठमाडाैं, असार ८ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फेरि सर्ने भएकाे छ। यहि असार १५ गते बस्ने भनिएकाे बैठक फेरि सर्ने...
माओवादीको केन्द्रीय समितिको बैठक फेरि सर्ने

काठमाडाैं, असार ८ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फेरि सर्ने भएकाे छ। यहि असार १५ गते बस्ने भनिएकाे बैठक फेरि सर्ने भएको हाे।

असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक सर्ने सल्लाह भएकाे माओवादी केन्द्रका एक नेताले बताए।

यसअघि स्थानीय चुनवा सकिएलगत्तै जेठ २० गते बस्ने भनिएकाे बैठक असार १५ मा सारिएकाे थियाे।

गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अहिलेसम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि चयन भएका छैनन्।

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्