Kathmandu Press

नेमकिपाका अध्यक्ष बिजुक्छेलाई पत्नीशोक 

नेमकिपाका अध्यक्ष बिजुक्छेलाई पत्नीशोक 

काठमाडौं, असार ८ : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो । 

प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको हो। 

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाको बिजुक्छेसँग २०४० मा विवाह भएको थियो। उनीहरुका दुई छोरा छन्।

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्