१० करोड डिल प्रकरण : अधिवक्ता पोखरेलसँग बार काउन्सिलले माग्यो स्पष्टिकरण
काठमाडौं, असार ८ : सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहाको आदेश गर्न न्यायाधीशलाई करोडौंको लोभ देखाइएको अडियो सार्वजनिक भएपछि कानून व्यवसायी परिषद् (बार...
काठमाडौं, असार ८ : सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहाको आदेश गर्न न्यायाधीशलाई करोडौंको लोभ देखाइएको अडियो सार्वजनिक भएपछि कानून व्यवसायी परिषद् (बार काउन्सिल) ले अधिवक्ता रुद्रप्रसाद पोखरलेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।
बुधबार बसेको बैठकले पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । उनलाई काउन्सिलमा उपस्थित हुन म्यादसमेत जारी गरिएको एक सदस्यले जानकारी दिए। पोखरेलको स्पष्टिकरणपछि प्रमाण बुझेर थप निर्णय गरिने परिषद्ले जनाएको छ।
परिषदको अनुशासन समितिमा अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती छन् । त्यसैगरी सदस्यमा वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानांग र बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ छन्।
घुस प्रकरणमा न्यायाधीश कोइरालाले भने आफूले कुनै अनुचित काम नगरेको बताएका छन् । विभिन्न दबाव र प्रभावका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको उनले बताएका छन्।
यस प्रकरणको सत्यतथ्य पत्ता लगाउन न्याय परिषद्ले तीन सदस्यीय छानविन समिति बनाएको छ।











