इन्धनको मूल्यवृद्धि फिर्ता लिएर सरकारले जनतालाई राहत दिनुपर्छ : खनाल

काठमाडाैं, असार ८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएर सरकारले जनताको जनजीवन सहज बनाउनुपर्ने बताएका छन्।
बुधबार समाजवादी प्रेस संगठनले काठमाडौंमा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा खनालले पेट्रोलियम पदार्थमा भएको व्यापक बृद्धिले हर क्षेत्रमा मूल्यबृद्धि हुने भएकाले फिर्ता लिनुपर्ने बताएका हुन्।
उनले जनतालाई सहुलियत प्रदान गरेर राज्यले राहत दिनुपर्ने बताए। त्यस्तै उनले स्थानीय तहको निर्वाचन निर्वाचनमा राष्ट्रव्यापी रुपमा उम्मेदवार उठाउन नसक्दा कम मत आएको भन्दै आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे।
त्यस्तै गठबन्धनले अपमानजनक व्यवहार गरेकै कारण पनि कम मत आएको उनको भनाइ छ। खनालले जनताको समस्यालाई बुझ्लै काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए।











