न्यायाधीश कोइरालालाई ४५ दिन काम गर्न रोक
काठमाडौं, असार ८ : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई ४५ दिन काम गर्न रोक लगाइएको छ। बुधबार बसेको न्याय परिषद्को बैठकले घुस...
काठमाडौं, असार ८ : काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई ४५ दिन काम गर्न रोक लगाइएको छ। बुधबार बसेको न्याय परिषद्को बैठकले घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका उनलाई आजदेखि नै काममा रोक लगाएको हो।
बचतकर्ताको रकम ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छुटाउन गरिएको मोलमोलाइमा मुछिएका न्यायाधीश कोइरालालाई तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो।
बैठकले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। छानबिन समितिका दुई सदस्यमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन्।
सो समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको जनाइएको छ।
प्रकाशित मिति: १६:५९ बजे, बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











