Kathmandu Press

भारतीय सर्वोच्च अदालतको फैसाला- अयोध्याको विवादित जमिन हिन्दूहरुको हो

नयाँदिल्ली, कात्तिक २३ : भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको फैसला सुनाएको छ।

विवादित जग्गा राम मन्दिर वा ब....

भारतीय सर्वोच्च अदालतको फैसाला- अयोध्याको विवादित जमिन हिन्दूहरुको हो

नयाँदिल्ली, कात्तिक २३ : भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दूहरूको भएको फैसला सुनाएको छ।

विवादित जग्गा राम मन्दिर वा बाबरी मस्जिद कसको भन्ने विवादबारे शनिबार सर्वोच्च अदालतले फैसला सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दूहरुको भएको फैसला सुनाएको हो। सर्वोच्चको फैसालासँगै अब हिन्दूहरुलाई राम मन्दिर निर्माणका लागि बाटो खुला भएको छ।

प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले फैसाला सुनाउँदै मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ।  मुस्लिम पक्षलाई पाँच एकड जमिन छुट्टै ठाउँमा दिन केन्द्र सरकारलाई निर्देशन दिइएको छ।

राम मन्दिर र बाबरी मस्जिद विवादको सुरुवात २२–२३ डिसेम्बर १९४९ मा मस्जिदभित्र लुकाएर मूर्ति राखिएबाट सुरु भएको थियो। 

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, कात्तिक २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्