Kathmandu Press

मन्त्री परिवर्तन ढिलाइबारे नेकपा एसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडाैं, असार ८ : नेकपा एकीकृत समाजवादीले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।पार्टी कार्यालय...
मन्त्री परिवर्तन ढिलाइबारे नेकपा एसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडाैं, असार ८ : नेकपा एकीकृत समाजवादीले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए।

बैठकले मन्त्री परिवर्तनको निर्णय तुरुन्त कार्यान्वयन गराउन समेत ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकमा पोलिट्व्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकको तयारीबारे पनि छलफल भएको खनालले जानकारी दिए। 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्