घुसकाण्डमा मुछिएपछि न्यायाधीश कोइरालाले भने– निष्पक्ष भूमिका निर्वाह गरेको छु
काठमाडौं, असार ८ : करोडौंको डिल भएको अडियो सार्वजनिक भएपछि काठडमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनैपनि अनुचित काम नभएको बताएका छन् । अडियो...
काठमाडौं, असार ८ : करोडौंको डिल भएको अडियो सार्वजनिक भएपछि काठडमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनैपनि अनुचित काम नभएको बताएका छन् ।
अडियो सार्वजनिक भएलगत्त न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेल विवादमा तानिएका थिए । न्यायाधीश कोइरालाले अडियोप्रति आफ्नो ध्यानाकर्षण भएको र आफूबाट कुनैपनि अनुचित काम नभएको दाबी गरेका छन् ।
उनले व्यापक दबाब र प्रभावका बीच निष्पक्ष भूमिका निर्वाह गरेको पनि बताएका छन् । ‘ममाथि न्याय परिषद्बाट छानविन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु,’ न्यायाधीश कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।
सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई १० धरौटीमा थुनामुक्त गर्ने आदेश गर्न करोडौंको लोभ देखाउँदै अधिवक्ता पोखरेलले डिल गरेको अडियो रेकर्ड न्यूज २४ टेलिभिजनले बाहिर ल्याएको थियो। उक्त अडियोमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई २ करोडको लोभ देखाउँदै धरौटीमा रिहा गर्ने आदेश गर्न दबाब दिएको सुन्न सकिन्छ।
अडियो सार्वजनिक भएपछि न्याय परिषदले बैठक बोलाएको थियो भने नेपाल बार एसोसियसनले विज्ञप्ति नै जारी गरेर छानविन गर्न माग गरेको छ।











