Kathmandu Press

'बलात्कार घटनाका दोषीलाई सजाय दिन कडा कानुन बनाउनु आवश्यक'

काठमाडाैं, असार ८ : सांसदहरूले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानुनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन्।सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव...
'बलात्कार घटनाका दोषीलाई सजाय दिन कडा कानुन बनाउनु आवश्यक'

काठमाडाैं, असार ८ : सांसदहरूले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानुनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले बलात्कारका घटनाका दोषीलाई दिइने कानूनको स्वरुप परिर्वतन गर्नुपर्ने बताएका हुन्। त्यस्तै उनीहरुले यौन हिंसाका घटनामा हदम्याद राख्न नहुने जिकिर गरेका छन्।

छलफलमा भाग दिदै कांग्रेस सांसद पुष्पा भुसालले बलात्कारका घटना हुनै नदिने गरि कडा कानून बनाउनुपर्ने बताइन्। बलात्कारका घटनामा हदम्याद घटाउने गरिने नै कानून निर्माण गनुपर्ने उनको भनाइ छ। त्यस्तै सांसद कांग्रेसकी सांसद डिला संग्रौला कुनै कुनै घटनाहरु तत्काल बाहिर आउन नसक्ने भन्दै जबरजस्ती करणीमा हदम्याद घटाउनुपर्ने बताइन्।

छलफलमा भाग लिदै एमालेका सांसद झपट रावलले महिला मात्रै नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले यस विषयलाई कानुनमा ध्यान दिनुपर्ने धारणा राखे। यौन व्यवसायको विषयमा पनि छलफल चलाउनुपर्ने उनको भनाइ छ। उनले जबरजस्ती करणी, यौन हिंसाबारे आवश्यक व्याख्या गर्न आवश्यक रहेको तर्क गरे।

त्यस्तै समिति सदस्यहरुले बालिका तथा किशोरीमाथि हुने हिंसाका घटनाका मुद्दालाई  छिनोफानो गर्नेगरी कानुन निर्माण हुनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: १५:२९ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्