अन्तर्राष्ट्रिय बजारमा इन्धनकाे मूल्य बढ्दा नेपालमा पनि बढाउनुपर्ने बाध्यता : मन्त्री बडू
काठमाडाैं, असार ८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना...
काठमाडाैं, असार ८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे बुधबार राष्ट्रियसभा बैठकलाई जानकारी गराउँदै बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेकाले नेपालमा पनि मूल्यवृद्धि गर्नुपरेको बताए।
निगमलाई जेठ समान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु. २२ अर्ब बक्यौता रहेको उनले जानकारी दिए। उनले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलिम पदार्थको बिक्रीसम्बन्धी विद्यमान नियमावली अनुरुप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पारे।
कसैलाई नाफा हुने नियतले नभइ कानुन र नीतिगत रुपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको उनको भनाइ छ।
मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको बताए।











