रवि लामिछानेको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी (पत्रसहित)
काठमाडौं, असार ८ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । काभ्रेपलाञ्चोकका मनोज पण्डित, राजकुमार बजगाईँ...
काठमाडौं, असार ८ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
काभ्रेपलाञ्चोकका मनोज पण्डित, राजकुमार बजगाईँ लगायतका व्यक्तिहरुले लामिछाने नेतृत्वकाे स्वतन्त्र पार्टी दर्ता रोकको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।
स्वतन्त्र शब्दको आफैमा महत्व रहेको र यसलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुमा असहज परिस्थितिको निर्माण हुने निवेदनमा उल्लेख छ। ‘साथै यसले जनतामा भ्रम र अन्योल उत्पनन गरी स्वतन्त्र शब्दको अपव्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा गहन विश्लेषण गरी निर्णय लिनुहुन अनुरोध गर्दछौं,’ निवेदनमा भनिएको छ।
निवेदक पण्डितले काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











