Kathmandu Press

झापाको बिएन्डसी र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने

काठमाडाैं, असार ८ : झापा झापाको बिएन्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको छ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन...
झापाको बिएन्डसी र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने

काठमाडाैं, असार ८ : झापाको बिएन्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने भएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिएन्डसी र नोबेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएका हुन्।

उनीहरुले २०७८ मंसिरपछि बिमाबापतको रकम नपाएको भन्दै जानकारी दिएका छन्। बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बिमाबापतको ४५ करोड रुपैयाँभन्दा बढि र नोबेलको ५४ करोडभन्दा बढी रुपैया लिन बाँकी रहेको जानकारी दिए। यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपछि अझै पनि बिमाबापतको रकम नपाएको उनले बताए।

सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ। प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ। 

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्