Kathmandu Press

चिकित्सकको सिफारिसबिना औषधि बेचेको आरोपमा चारजना पक्राउ

काठमाडौं, असार ८ : चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गरेको आरोपमा फार्मेसी सञ्चालकसहित चारजना पक्राउ परेका छन्।लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गरेको...
चिकित्सकको सिफारिसबिना औषधि बेचेको आरोपमा चारजना पक्राउ

काठमाडौं, असार ८ : चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गरेको आरोपमा फार्मेसी सञ्चालकसहित चारजना पक्राउ परेका छन्।

लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गरेको आरोपमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ स्थायी ठेगाना भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार छन्।

गंगाजमुना फार्मेसीले बिनाइजाजत अवैध रूपमा औषधि बेचबिखन गर्दै आएको भन्ने सूचना पाएपछि अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

सो फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल बरामद गरिएको छ। त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्