Kathmandu Press

उडान रोक्ने निर्णयप्रति बुद्ध एयरले माग्याे क्षमा

काठमाडौं, असार ८ : बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ।बुद्ध एयरले आज...
उडान रोक्ने निर्णयप्रति बुद्ध एयरले माग्याे क्षमा

काठमाडौं, असार ८ : बुद्ध एयरले वायुसेवा सञ्चालक संघले घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ।

बुद्ध एयरले आज (बुधबार) विज्ञप्ति जारी गरेर आन्तरिक समस्या समाधान गर्न सेवा नै बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ। आगामी दिनमा आफ्नो कारणले उडान सेवा अवरुद्ध नगर्ने प्रण सो एयरले गरेको छ।

विभिन्न पाँचबुँदे माग राखेर वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने घोषणा गरेको थियो। संघप्रति ऐक्यबद्धता जनाउँदै बुद्ध एयरले उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो। ‘असुविधाका लागि क्षमाप्रार्थी छौं’ भन्दै बुद्धले जारी वज्ञिप्तिमा भनिएको छ, ‘वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीको जिवकोपार्जन थलो हो। हाम्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय होइन । यसको आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दर्छौ।’

वज्ञिप्तिमा अगाडि भनिएको छ, ‘हाल काठमाडौं विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज छन्। यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन्छ। धेरै अगाडिको अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको छ । यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौं बाहिर रात्रि विसान गर्न निर्देशन दिएको हो। आजको परिस्थितिमा त्यस पार्किङ थलो सुधार भएको छ र अहिले १७ वटाभन्दा बढी जहाज रात्रि बिसान हुने अवस्था छ।’

नागरिक उड्डयन प्राधिकरणले सोहीअनुरुप काठमाडौंमा रात्रि बिसान हुने जहाजहरुको संख्या बढाउने आश्वासन दिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपाली यात्रुलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्