अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु, दर्जनौं घर ध्वस्त
काठमाडौं, असार ८ : अफगानिस्तानमा शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ। भूकम्पमा परी कम्तीमा १५० जना घाइते भएका छन्। क्षति योभन्दा पनि बढी भएको...
काठमाडौं, असार ८ : अफगानिस्तानमा शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ। भूकम्पमा परी कम्तीमा १५० जना घाइते भएका छन्। क्षति योभन्दा पनि बढी भएको हुन सक्ने अनुमान गरिएको छ।
अमेरिकी जिओलेजिकल सर्वेको रिपोर्टअनुसार अफगानिस्तानको खोस्त सहरबाट करिब ४४ किलोमिटर टाढा केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो। सो भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको बताइएको छ।
अफगानिस्तानको न्युज एजेंसी बख्तारले दिएको जानकारीअनुसार उद्धारकर्ता भूकम्पप्रभावित क्षेत्रमा पुगेका छन्। तालिबान सरकारको उपप्रवक्ता बिलाल करिमीका अनुसार भूकम्पका कारण सयौंको ज्यान गएको र दर्जनौं घर ध्वस्त भएका छन्।
‘बढी विनाश नहोस् भन्नका लागि सहायता दिने सबै एजेन्सीलाई उद्धारमा खटाइदिन हामी अनुरोध गर्दछौं,’ उनले भनेका छन्।
सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन्।












