Kathmandu Press

भलिबल संघ तनहुँको अध्यक्षमा सुनार

तनहुँ, असार ८ : भलिबल संघ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन भएका छन्।संघको तेस्रो अधिवेशनबाट उनी पुनः सो पदमा चयन भएका हुन्।संघको...
भलिबल संघ तनहुँको अध्यक्षमा सुनार

तनहुँ, असार ८ : भलिबल संघ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन भएका छन्।

संघको तेस्रो अधिवेशनबाट उनी पुनः सो पदमा चयन भएका हुन्।संघको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा विमल राना र सदस्यमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साल चयन भएका छन्।

प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापा चयन भएका छन्।

अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले भलिबलले तनहुँलाई देशभर चिनाउन सफल भएको बताए। कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुसाल, भलिबल संघका केन्द्रीय सचिव डिबी नेपाली, केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, पश्चिमाञ्चल भलिबल संघका उपाध्यक्ष नवीन गुरुङलगायतले भलिबलको विकासका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १२:१७ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्