Kathmandu Press

प्रधानमन्त्री पत्नी आरजु पुगिन् द क्लिफको ‘स्काइ क्याफे’ 

काठमाडौं, असार ८ : प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको ‘द क्लिफ प्रालिको रिसोर्ट पुगेकी छन्। उनले रिसोर्ट परिसरमा कालीगण्डकी...
प्रधानमन्त्री पत्नी आरजु पुगिन् द क्लिफको ‘स्काइ क्याफे’ 

काठमाडौं, असार ८ : प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको ‘द क्लिफ प्रालिको रिसोर्ट पुगेकी छन्। 

उनले रिसोर्ट परिसरमा कालीगण्डकी नदि खोँचमा नदी देखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपाली कांग्रेसका नेता अर्जुन जोशीलगायत कार्यकर्तासँगै बसेर चियापान पनि गरेकी छन्। 

पछिल्लो समय राजनीतिक दलका नेताहरु पनि रिफ्रेसका लागि यहाँ पुग्ने गरेका छन्।

पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देश्यले स्काई क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, असार ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्