रविन्द्रले रविलाई भने,– हाम्रो कमजोरीबाट सिक्ने प्रयास गर
काठमाडौं, असार ७ : राजनीतिमा आएर पार्टी सार्वजनिक गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई विवेकशील साझा पूर्व अध्यक्ष रविन्द्र मिश्रले पार्टी निर्माणमा आफ्नो कमजोरीबाट...
काठमाडौं, असार ७ : राजनीतिमा आएर पार्टी सार्वजनिक गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई विवेकशील साझा पूर्व अध्यक्ष रविन्द्र मिश्रले पार्टी निर्माणमा आफ्नो कमजोरीबाट सिक्न सुझाव दिएका छन् ।
आफ्नो सामाजिक सञ्जालमार्फत उनले पार्टी निर्माणमा आफूले गरेका धेरै भन्दा धेरै कमजोरीबाट सिक्ने प्रयास गर भन्दै सुझाव दिएका हुन्।
लामिछानेले आज नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत आगामी राजनीतिक यात्रा सुरु गरेको एक कार्यक्रममा सार्वजनिक गरेका थिए ।
मिश्रले फेसबुकमा लेखेका छन् :
‘प्रिय रवी,
तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु । ’
प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











