सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा राख्न अदालतकाे आदेश
काठमाडाैं, असार ७ : विद्यार्थीलाई याैन दुर्व्यवहार गरेकाे घटनाकाे आराेपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडाैं जिल्ला अदालतले आदेश...
काठमाडाैं, असार ७ : विद्यार्थीलाई याैन दुर्व्यवहार गरेकाे घटनाकाे आराेपी सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडाैं जिल्ला अदालतले आदेश दिएको छ।
मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे।
शिक्षक अधिकारीले ‘आफू श्रीमतीबाट सन्तुष्ट नभएको’ भन्दै विद्यार्थीलाई यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको घटना विद्यार्थीहरुले सार्वजनिक गरेका थिए। कलेज प्रशासनले कारबाही गर्न तादरुकता नदेखाएपछि जेठकाे पहिलाे साता विद्यार्थीहरूले शिक्षकविरूद्ध प्रदर्शन गरेका थिए।
प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











