Kathmandu Press

बाल सुधार गृहका किशाेरहरूद्वारा प्रहरी माथि आक्रमण, दुई प्रहरी घाइते

काठमाडाैं, असार ७ : भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहका किशाेरहरूले प्रहरीमाथि आक्रमण गरेका छन।बालगृहका किशोरहरुलाई स्थानान्तरण गर्ने क्रममा त्यहाँ रहेका १८ वर्ष मुनिका...
बाल सुधार गृहका किशाेरहरूद्वारा प्रहरी माथि आक्रमण, दुई प्रहरी घाइते

काठमाडाैं, असार ७ : भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहका किशाेरहरूले प्रहरीमाथि आक्रमण गरेका छन।

बालगृहका किशोरहरुलाई स्थानान्तरण गर्ने क्रममा त्यहाँ रहेका १८ वर्ष मुनिका किशोरहरुले प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन्। आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन्।

आक्रमणबाट दुई प्रहरी घाइते भएका छन। जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका हुन।

बाल सुधार गृहमा रहेका किशोरहरुको अमर्यादित व्यवहारबाट आजित भएको भन्दै स्थानीयले मंगलबार मात्रै सुधारगृह स्थानान्तरण गर्नु पर्ने मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए।

सुधार गृहकाे ६० जना क्षमता भएपनि एक सय ६ जनालाई राखिएको छ।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्