‘सुनको लौरो’ उपहार दिएर चर्चामा आएका माक्तुमले भेटे ओलीलाई
काठमाडौं, असार ७ : नेपाल भ्रमणमा रहेका यूएईका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेका छन् । उनले आज...
काठमाडौं, असार ७ : नेपाल भ्रमणमा रहेका यूएईका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेका छन् ।
उनले आज ओली निवास बालकोटमा भेट गरका हुन् । झापा पुगेर उनले एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई ‘सुनको लौरो’ हस्तान्तरण गरेको समाचारहरू सार्वजनिक भएपनि उक्त लौरो नक्कली भएको पुष्टि भएको छ ।
गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनी व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् ।
प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











