Kathmandu Press

सूर्य थापा भन्छन् – स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो 

काठमाडौं, असार ७ : नेकपा एमालेका नेता सूर्य थापाले स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित रहेको बताएका छन् । मंगलबार पत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय...
सूर्य थापा भन्छन् – स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो 

काठमाडौं, असार ७ : नेकपा एमालेका नेता सूर्य थापाले स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित रहेको बताएका छन् । मंगलबार पत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार रहेको बताए। 

कुनैपनि व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रुपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित रहेको बताए। 

यसबाट स्वतन्त्र उम्मेदवारमा भ्रम र अन्योेल उत्पन्न हुनेपनि उनले बताए । ‘स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्