राष्ट्रियतासँग जोडिएको विषयमा सरकारले प्रतिपक्षसँग छलफल गरेन : ओली
काठमाडौं, असार ७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुराएको आरोप लगाएका छन्। मंगलवार काठमाडौंमा पूर्व राजदुतहरुको...
काठमाडौं, असार ७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुराएको आरोप लगाएका छन्।
मंगलवार काठमाडौंमा पूर्व राजदुतहरुको समूहले आयोजना गरेको अन्तक्र्रियामा ओलीले राष्ट्रियताका बिषयमा उठेका बिषयमा सरकारले प्रतिपक्ष कुनै छलफल नगरेको बताएका हुन्।
प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका बिषय लोकतन्त्रमा हुन नसक्ने उनले बताए। उनले अवको समय निषेधको नभई सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिए।
ओलीले देशको बिकास र देशले स्वीकार्यको नीति अनुसार नै अन्य देशहरुसंगको सम्बन्ध अघि बढनुपर्ने र त्यसका लागि दलहरुबीच पनि एकता हुनुपर्ने बताए। ओलीले बलिया राष्ट्रसंग हुने सम्झौता एक पटक गरेपछि तोड्न कठिन हुने भन्दै बिचार गरेर स्म्झौता गर्नुपर्ने बताए।
ओलीले अन्य मुलुकसंग देखिएका समस्या समाधानका लािग पनि नेपाल अडिक भएर आफ्नो धारणा स्पष्ट राख्नुपर्ने उल्लेख गरे।











