रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घन्टी’
आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।
काठमाडौं, असार ७ : पत्रकार रवि लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।
लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर नयाँ पार्टी घोषणा गरेका हुन् । पार्टीको चुनाव चिन्ह घन्टी रहने पनि लामिछानेले जानकारी दिएका छन्। उनले सम्पूर्ण स्वतन्त्र नागरिकहरुलाई पनि पार्टीमा आवद्ध हुन आग्रह गरेका छन्।
स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने पनि माग राखेको छ।
प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











