Kathmandu Press

रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

पत्रकार रवि लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा गरेका छन् ।
रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौं, असार ७ : पत्रकार रवि लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा गरेका छन् । काठमाडौंमा आयोजित एक समारोहका बीच लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका हुन्। 

उनले नयाँ राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने रविले घोषणा गरेका छन्। लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरेका छन्। 

लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्