Kathmandu Press

जङ्गी अड्डामा योग दिवस, प्रधानमन्त्री पनि सहभागि 

कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा, पर्यटनमन्त्री प्रेम आले लगायत उपस्थित छन्।
जङ्गी अड्डामा योग दिवस, प्रधानमन्त्री पनि सहभागि 

काठमाडौं, असार ७ : आज अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर मनाइने योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

 

योग दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकाली परिसरमा योगाभ्यास कार्यक्रम राखिएको छ। भारतीय दुतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा, पर्यटनमन्त्री प्रेम आले लगायत उपस्थित छन्। कार्यक्रममा सहभागिहरुले योगाभ्यास गरेका थिए।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए।

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्