Kathmandu Press

असार मसान्तभित्र  एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी 

काठमाडौं, असार ७ : राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा....
असार मसान्तभित्र  एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी 

काठमाडौं, असार ७ : राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। 

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटकको एसईईको नजिता समयमै प्रकाशन गर्नेगरी काम गरिरहेको जानकारी दिएका छन्। उनले प्राविधिक समस्या नआए असार ३२ गतेभित्रै नजिता सार्वजनिक गर्नेगरी काम गरिररहेको बताए। 

बोर्डले अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। ‘कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताए, सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ,’ उनले भने ।

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको बोर्डले जनाएको छ।

यसपाली दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका बोर्डले जनाएको छ। 

प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्