Kathmandu Press

निर्वाचन आयोग जाँदै कांग्रेस महामन्त्री थापा र शर्मा

काठमाडौं, असार ७: विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग जाने भएका छन्।दुवै...
निर्वाचन आयोग जाँदै कांग्रेस महामन्त्री थापा र शर्मा

काठमाडौं, असार ७: विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा ध्यानाकर्षण गराउन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग जाने भएका छन्।

दुवै जना आज बिहान ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। प्रमुख आयुक्त दिनेशप्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने महामन्त्री शर्माले जानकारी दिए।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पमि मताधिकारको व्यवस्था गर्नका लागि कानून निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ। त्यहि विषयलाई लिएर महामन्त्रीद्वय थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।

आज प्रमुख आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागिएको शर्माले बताए। आउँदो संघ र प्रदेशको निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका लागि आयोगसँग आग्रह गरिने उनले बताए।

प्रकाशित मिति: ०८:५१ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्