Kathmandu Press

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, असार ७ : स्थानीय चुनावको समीक्षा गर्न नेकपा (एकीकृत समाजवादी) ले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ।गत वैशाख ३० गते...
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल फोटो

काठमाडौं, असार ७ : स्थानीय चुनावको समीक्षा गर्न नेकपा (एकीकृत समाजवादी) ले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एकीकृत समाजवादीले आशा गरिएअनुसार, जित हासिल गर्न सकेको थिएन। पाँच दलीय गठबन्धनमा सहभागी दलहरुले सहयोग नगरेको एकीकृत समाजवादीका नेताहरु आरोप लगाउँदै आएका छन्।

यसअघि चुनावकै विषयमा केन्द्रित भएर स्थायी कमिटी बैठकमा समीक्षा गरिएको थियो। स्थायी कमिटीले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

जसअनुसार, असार १० गते पोलिट ब्यूरो बैठक बोलाइएको छ। त्यसमा स्थानीय चुनावको समीक्षा हुने जनाइएको छ। पोलिट ब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकका अजेन्डा पनि तय गर्नेछ।

त्यसपछि असार ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। यसमा पनि स्थानीय चुनावको समीक्षासँगै आगामी संघ र प्रदेश सभाको चुनावको तयारीका विषयमा छलफल हुने जनाइएको छ।

केन्द्रीय कमिटी बैठकपछि एकीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक बोलाएको छ। केन्द्रीय परिषद् बैठक असार १३ र १४ गते बस्ने भएको छ।

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, असार ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्