देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, असार ७ : मनसुनी वायुको प्रभावले देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विगभाको मौसम...
काठमाडौं, असार ७ : मनसुनी वायुको प्रभावले देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विगभाको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। त्यस्तै, देशका अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका केहि भूभागमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
प्रदेश १ का केही र मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ।











