एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी, कर्माछिरिङ शेर्पा ६ मतले पराजीत
सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ अध्यक्ष विजयी भएका हुन् ।
काठमाडौं, असार ६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् ।
सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले हराउँदै नेम्वाङ अध्यक्ष विजयी भएका हुन् । नेम्वाङले ४५ मत पाउँदा, शेर्पा ३९ मतमा सिमित भए । नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
यस्तै स्वतन्त्र उम्मेदवार रहेका राजिव पौडेलले भने एक मत पनि पाएनन् ।
नेम्वाङ ‘अधिकारको विकेन्द्रीकरण गर्ने, ग्रासरुट फुटबललाई वडासम्म विस्तार गर्ने, तीनवटै डिभिजनको राष्ट्रिय लिग, कम्तीमा चारवटा कृत्रिम घाँसे मैदान निर्माण गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा थिए ।
प्रकाशित मिति: २०:४४ बजे, सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











