Kathmandu Press

स्पेनी आरोहीको शव एक सातादेखि हिमलुङ हिमालमै

काठमाडौं, कात्तिक २२ : मनाङको हिमलुङ हिमालको आरोहणबाट फर्किँदा ज्यान गुमाएका स्पेनी आरोही फर्नान्डो सान्चेज घासाको शव एक सातादेखि हिमालमै रहेको छ....

स्पेनी आरोहीको शव एक सातादेखि हिमलुङ हिमालमै

काठमाडौं, कात्तिक २२ : मनाङको हिमलुङ हिमालको आरोहणबाट फर्किँदा ज्यान गुमाएका स्पेनी आरोही फर्नान्डो सान्चेज घासाको शव एक सातादेखि हिमालमै रहेको छ।

जीवन बीमाको समय सकिँदा उनको शव तल झार्न नसकिएको इम्याजिन नेपाल ट्रेकले जनाएको छ। उनी इम्याजिन नेपाल ट्रेकमार्फत सात हजार एक सय २६ मिटर अग्लो हिमलुङ हिमालको आरोहणमा गएका थिए। कात्तिक १५ गते हिमलुङ हिमालको आरोहण गरी फर्कने क्रममा उनको मृत्यु भएको हो।

‘हाम्रो गाइडले रातिको समयमा आरोहण गर्न सकिँदैन, नजानुस् भन्दाभन्दै उनी निस्केका थिएँ,’ इम्याजिनका प्रमुख मिङमा शेर्पाले भने, ‘स्नो ब्लाइनेस्टका कारण ६ हजार पाँच सय मिटरको उचाइमा मृत्यु भयो।’ 

आरोहणका क्रममा उनको बीमाको म्याद सकिएको इम्याजिनले जनाएको छ। जसले गर्दा शव निकाल्न समस्या भएको शेर्पाले बताए। ‘जीवन बीमाको म्याद सकिँएको छ। आर्थिक अवस्था कमजोर हुँदा उनको परिवारले सबै जिम्मा दूतावासलाई दिएको छ। दूतावासले ढिलाइ गर्दा शव निकाल्न सकिएको छैन,’ शेर्पाले भने।

उनको बिमाको म्याद सकिँएको पर्यटन विभागले पनि अहिले थाहा पाएको छ। विभागका एक अधिकारीले भने, ‘विभिन्न हिमालको आरोहण अनुमति लिँदा नै एजेन्सीलाई सम्पूर्ण कागजात पुरा गरेर ल्याउन भनेका हुन्छौं। अनुमति दिने चाप हुँदा एजेन्सीलाई विश्वास ग¥यौं तर फर्नान्डोको बिमाको म्याद सकिँदा शव निकाल्न समस्या भयो।’

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ मा आरोहण व्यवस्थापन गर्ने एजेन्सीले आफूले पठाएको आरोहीको मृत्यु भएमा आधारशिविरसम्म शव ल्याएर व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिउको छ। फर्नान्डोको शव पनि आधारशिविरसम्म एजेन्सीले नै ल्याउनु पर्छ।

उनको भने बिमाको म्याद सकिएकाले समस्या भएको इम्याजिनका निर्देशक शेर्पाले बताए। ‘एक साता भित्र शव लिन जाने तयारीमा छौं,’ उनले भने, ‘पछि केही समस्या आउँछ कि भनेर दूतावासको सहयोग मागेका थियौं, दूतावासबाट केही खबर नआएपछि विभागको अनुमति लिएर शव लिन जाने तयारी गरेका छौं।’

आरोहणको क्रममा मृत्यु भएका आरोहीको शव आधारशिविरसम्म व्यवस्थापन गर्ने एजेन्सीले ल्याउनुपर्छ । त्यसपछि केही तल लिएर ‘डिस्पोजन’ गर्नुपर्छ। उनका परिवारजनले शव ल्याउन नसक्ने भन्दै एजेन्सीलाई नै जिम्मा दिएको छ।

अर्कातिर सरकारले खटाएको सम्पर्क अधिकृत पनि सम्पर्क नहुँदा समस्या भएको उनले बताए। ‘सुरुमै हामीले विभागले खटाएको सम्पर्क अधिकृतलाई नियमानुशार दिनुपर्ने रकम दियौं तर उहाँ त्यसपछि हाम्रो सम्पर्कमा नै आउनु भएन्। हामीले सम्र्पक गर्दा उहाँको फोन नै अफ छ,’ निर्देशक शेर्पाले भने, ‘विभागवाट सम्पर्क अधिकृतको जिम्मा लिएर उहाँ विदेश जानुभयो भन्ने सुनेको छु, अझै सम्पर्क हुन सकेको छैन।’

इम्याजिनबाट हिमलुङ आरोहणका लागि आठ आरोही गएका थिए। त्यसमध्ये तीन जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। यस वर्ष हिमलुङ हिमाल आरोहण गर्न १० समूहका ९५ जना आरोहीले अनुमति लिएका थिए। अधिकांशले सफल आरोहण गरेको विभागले जनाएको छ।

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, कात्तिक २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्