Kathmandu Press

सप्तरीमा भएकाे छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सप्तरी, असार ६ : सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका–९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको...
सप्तरीमा भएकाे छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सप्तरी, असार ६ : सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका–९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको हो। मृत्यु हुनेमा ३० वर्षीया रुमी खातुन रहेकी छिन्।

आफ्नै घरमा मोटर चलाइ लुगा धुने क्रममा खातुनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते उनको गजेन्द्रनारायण सिहं अस्पताल राजविराजमा उपचारका  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका–६ मधेपुराका पाँच वर्षीय विजयकुमार मण्डलको डुबेर ज्यान गएको छ। घरदेखि १०० मिटर टाढा खेल्ने क्रममा कल्भटमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रकाशित मिति: १८:५२ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्