Kathmandu Press

ग्यासको दुईथरी मूल्य तोक्ने सरकारको तयारी

ग्यासको दुईथरी मूल्य तोक्ने सरकारको तयारी

काठमाडौं, असार ६ : सरकारले खाना पकाउने ग्यासमा दुईथरी मूल्य निर्धारण गर्ने तयारी थालेको छ ।

नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि सरल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको हो ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेकाले उपभोत्ताका लागि एलपी ग्यासको मूल्यवृद्धि नहुने बताए ।

“ग्यासको मूल्यवृद्धि गरेर समायोजन गर्ने भन्दा पनि दाहोरो मूल्य कायम गर्ने हाम्रो तयारी हो । व्यावसायिक क्षेत्रमा अलि बढी मूल्य कायम गरेर सर्वसाधारण जनताका लागि भने केही सहुलियत दिने हाम्रो तयारी हो,” उनले भने ।

प्रकाशित मिति: १८:५० बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्