Kathmandu Press

आइतबारकाे सार्बजनिक बिदाले ११ प्रतिशत इन्धन खपतमा कमी

काठमाडाैं, असार ६ : गत महिना आइतबार सार्वजनिक बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको नेपाल आयल निगमले दावी गरेको छ।आयल निगमद्वारा साेमबार...
आइतबारकाे सार्बजनिक बिदाले ११ प्रतिशत इन्धन खपतमा कमी

काठमाडाैं, असार ६ : गत महिना आइतबार सार्वजनिक बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको नेपाल आयल निगमले दावी गरेको छ।

आयल निगमद्वारा साेमबार आयाेजित पत्रकार सम्मेलन निगमका कार्यकारी निर्देशक उमेशप्रशाद थानीले अन्य महिनाकाे तुलनामा जेठ महिनामा कम इन्धन खपत भएकाे जनाएकाे हाे।

थानीका अनुसार चैत महिनामा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो। तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थियाे।

सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपिन उक्त निर्णय असार महिनादेखि कटाैती गरेकाे छ।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्