Kathmandu Press

हवाई भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ ।
हवाई भाडा बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

काठमाडौं, असार ६ : पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो ।

सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं-धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ। 

आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यस लगत्तै वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेका हुन् । 

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्