Kathmandu Press

त्रिभुवन विमानस्थलमा श्री र यती एयरलाइन्सका दुई जहाज ठोक्किए

काठमाडौं, कात्तिक २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार....

त्रिभुवन विमानस्थलमा श्री र यती एयरलाइन्सका दुई जहाज ठोक्किए
काठमाडौं प्रेस

काठमाडौं, कात्तिक २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार  शुक्रबार दिउँसो श्री एयरलाइन्स र यती एयरलाइन्सको जहाज पार्किङ–वेमा ठोक्किएका हुन्। 

विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार श्री एयरलाइन्सको सीआरजे ७०० र यती एयरलाइन्सको एटीआर ७२ जहाज एक–आपसमा ठोक्किएका थिए।

श्री एयरलाइन्सको जहाजले यतीको जहाजलाई ठक्कर दिएको  र दुवै जहाजमा केही क्षति भएको विमानस्थल कार्यालयले जनाएको छ।

‘दुवै जहाजमा समान्य क्षति भएको छ। विमानस्थलको उडान र अवतरणमा केही समस्या आएको छैन,’ उनले भने।

 

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, कात्तिक २२, २०७६