Kathmandu Press

‘भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सुपरिवेक्षण बढाउनुपर्छ’

काठमाडौं, असार ६ : नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले भ्रष्टाचार मुलुकको प्रमुख समस्या भएको बताएकी छन् । तरुण दल कास्कीले पोखरामा आयोजना...
‘भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सुपरिवेक्षण बढाउनुपर्छ’

काठमाडौं, असार ६ : नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले भ्रष्टाचार मुलुकको प्रमुख समस्या भएको बताएकी छन् । तरुण दल कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ देउवाले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु नै आजको मुख्य आवश्यकता रहेको बताइन्। 

उनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी अनुगमन र नियमित सुपरिवेक्षण बढाउनुपर्नेमा जोड दिएकी छन् । स्थानीय तहमा बजेट फ्रिज हुने अवस्था आउन नदिन पनि नियमित अनुगमनको आवश्यकता रहेको बताइन्। ‘वजेट फ्रिज धेरै भएको छ, हाम्रो खर्च गर्न सक्ने क्षमता पनि कमजोर छ,’ नेतृ देउवाले भनिन्, प्रदेश सरकार तथा संघ सरकारले आयोजनाहरूको प्रभावकारी अनुगमन र सुपरिवेक्षण वढाउन आवश्यक छ। 

नेतृ देउवाले वर्तमान सरकार लोककल्याणकारी क्षेत्रमा क्रियाशिल रहेको बताउँदै सामाजिकि सेवाको क्षेत्रमा अझै सशक्त भएर लाग्न आग्रह गरिन्। कांग्रेस नेतृत्वको सरकारले दीर्घरोगी तथा गम्भीर रोगीहरुको सेवामा ध्यान दिएकोप्रति धन्यवाद दिँदै भ्रातृसंस्था थप सिर्जनशिल भएर जनसेवामा लाग्न आग्रह गरिन्। 

उनले संविधान कार्यान्वयमा अझैपनि चुनौती रहेको बताइन्।  संविधानको पूर्ण कार्यान्वयनका लागि सबै दलको साझा विचार हुनुपर्नेमा जोड दिइन्। कार्यक्रममा पुर्वमन्त्री यज्ञवहादुर थापा, नेपाल तरूण दलका अध्यक्ष विद्दान गुरूङ, कास्की कांग्रेस सभापति किशोरदत्त वराल लगायतले बोलेका थिए। 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्