Kathmandu Press

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश 

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले जग्गा धितो बन्धकीमा रोक नलगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो। 
जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश 

काठमाडौं, असार ६ : सर्वोच्च अदालतले जग्गा धितोमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले जग्गा धितो बन्धकीमा रोक नलगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो। 

यसअघि जेठ २७ गते भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरण नभएसम्म धितो राख्न नपाउने निर्णय गरेको थियो। यसबाट सर्वसाधारण मर्कामा परेको भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्चमा रिट दायर गरेका थिए। 

रिटमा सुनुवाई गर्दै न्यायाधीश खतिवडाको इजलासले हालसम्म जग्गाको वर्गीकरण नभइसकेको अवस्थामा अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्ने भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश गरेको हो।  
 

प्रकाशित मिति: १७:०३ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्