Kathmandu Press

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं, असार ६ : एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा...
बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं, असार ६ : एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ। 

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो। 

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥र्यो। नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् भने कविता कुँवरले अविजित ३ रन बनाइन्। बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक÷एक विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो। वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो। बहराइनकी इशारा सुहुनले ६ रन जोडिन्। कप्तान दिपीका रासंगिका र थरंगाले २/२ रन जोडिन्।

नेपालकी कविता कुँवर र सबनम राईले २र२ विकेट लिइन् भने अश्मिना कर्माचार्यले १ विकेट झारिन्। समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ। नेपालले भोलि हङ्कङसँग खेल्नेछ। 

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्