Kathmandu Press

इन्धनमा मूल्यवृद्धि बाध्यात्मक अवस्था : आपूर्तिमन्त्री बडू

काठमाडौं, असार ६ : बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरेका छन्।सिंहदरबारमा सोमबार बसेको...
इन्धनमा मूल्यवृद्धि बाध्यात्मक अवस्था : आपूर्तिमन्त्री बडू

काठमाडौं, असार ६ : बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरेका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा बाेल्दै उनले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैया घटाइएको र त्योभन्दा बढी घटाउन नसक्ने उनले स्पष्ट पारे।

उनले पेट्रोलियम पदार्थ खरिद भन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए। जनतालाई थप मारमा नपार्न ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताए। 

मन्त्री बडूले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए। उनले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने धारणा राखे।

 

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्