Kathmandu Press

खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर : मन्त्री गहतराज

काठमाडाैं, असार ६ : युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर गरेको बताउनुभएको छ।सोमबार काठमाडौंमा अखिल...
खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर : मन्त्री गहतराज

काठमाडाैं, असार ६ : युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका छन्।

सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुदलाई सिंहदरबारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका हुन्।

उनले मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन सबैको ध्यान केन्द्रीत हुनुपर्ने जिकिर गरे। खेलकुदमा फुटबल तर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको भन्दै खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने उनले बताए। मन्त्री गहतराजले नेपाली फुटबललाई बलियो बनाउन साहस पैदान गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियामा फुटबलको स्थितिलाई बलियो बनाउन एन्फाले ध्यान केन्द्रीत गर्नुपर्ने बताए। एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रलाई बलियो बनाउनका लागि एन्फाले धेरै नयाँ कार्यक्रमहरु ल्याएको जानकारी दिए। उनले खेलाडीको अभिवृद्धि गर्न पनि धेरै काम गरिएको दाबी गरे।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोइरालाले खेलकुदको शिर उच्च बनाउनका लागि राखेप सधै प्रयास गर्ने धारणा राखे। 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्