Kathmandu Press

स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री शर्मा

काठमाडाैं, असार ६ : अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन्।सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा...
स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री शर्मा

काठमाडाैं, असार ६ : अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न वस्तुहरुलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धि समेत भएकाले स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन्।

अर्को धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ। अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेटमा अनावश्यक रुपमा करको दायरा हेरफेर नगरिएको समेत बताए।

त्यस्तै उहाले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको जिकिर गरे।

उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगीमैत्री बजेट आएको बताए।

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्