प्रधानन्यायाधीशमाथिको महाभियोगबारे सदनमा एमालेको चासो
काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोगबारे चासो राखेको छ।प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा....jpg)
काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोगबारे चासो राखेको छ।
प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगबारे चासो राखेका हुन्।
‘सदनबाट महाअभियोग प्रस्ताव गर्न समिति बन्यो,’ महाअभियोग छलफल समितिका सदस्यसमेत रहेका पण्डितले भने, ‘सभामुखकै प्रस्तावबाट महाअभियोगमाथि छलफल गर्न जुन समीति बनेको थियो, त्यसले अहिले काम पाएको छैन। कहिले काम पाउने हो?’
महाअभियोगको प्रस्ताव दर्ता गर्ने प्रस्तावक भागिरहेको आरोप उनले लगाए।
प्रकाशित मिति: १४:०७ बजे, सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











