Kathmandu Press

मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल एमालेले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् । सो मागप्रति सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै...
मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं, असार ६ : प्रमुख प्रतिपक्षी दल एमालेले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् । सो मागप्रति सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई जवाफ दिन निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी थिइन्। उनले मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने बताएपछि एमाले सांसदहरूले सिटबाट उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए।

सांसद अर्यालले भनेकी थिइन्, ‘मूल्यवृद्धि गरेर जनतालाई आहात बनाइएको छ, जनताको जीवन कष्टकर बनेको छ। एमाले टुलुटुलु हेरेर बस्न सक्दैन।’

यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो भनेर उनले प्रश्न गरेकी थिइन्। ‘मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन। आज नै जवाफ दिन मन्त्रीलाई रुलिङ गर्न माग गर्दछु,’ उनले भनेकी थिइन्।
 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्